२८ जेठ २०८३, बिहीबार

​​भरतपुर महानगरले गर्‍यो ६ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस

चैत २३, २०८०
चितवन
​​भरतपुर महानगरले गर्‍यो ६ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस

​​भरतपुर महानगरपालिकाले समयमा ठेक्का सम्पन्न नगर्ने ६ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । 

महानगरपालिकाले विसं २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माणको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको हो ।

महानगरले ऊर्जा क्रशव जेभी, काश्यप अर्भान जेभी, ऊर्जा मास्ट जेभी र बालाजी निर्माण सेवालाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ ।

महानगरपालिकाको योजना शाखाका प्रमुख ई सन्तोष आचार्यका अनुसार सिफारिस गरिएका मध्ये काश्यप अर्भान जेजीलाई १ वर्ष ६ महिना कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा महानगरले सिफारिस गरेसँगै कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो स्पष्टीकरण नआए छ महिनादेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्