२६ असार २०८३, शुक्रबार

सुनसरीको दुई पालिकामा निषेधाज्ञा

चैत २३, २०८०
विराटनगर
सुनसरीको दुई पालिकामा निषेधाज्ञा
फाइल तस्वीर

सुनसरीको हरिनगरा गाउँपालिका र देवानगन्ज गाउँपालिकाको दुई वटा वडामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।​

देवानगन्ज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै  निषेधाज्ञा जारी गरेको हो । 

सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न र नगराउन उल्लेख छ ।

सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो ।

दुई समूहबीच बढेको विवादले उग्र रुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

null

salt training

कमेन्ट गर्नुहोस्