![दोलखाको जिरी महोत्सवमा मौलिक झाँकी प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Jiri_Festival_6_CoH97s6dgZ.jpg)
नेपालको स्विट्जरल्यान्ड उपनामले परिचित दोलखाको जिरीमा 'दोस्रो जिरी महोत्सव' शुरू भएको छ ।
महोत्सवको उद्घाटन समारोहमा विभिन्न मौलिक झाकी तथा र्याली प्रदर्शन गरिएको छ ।
स्थानीय कला र संस्कृतिलाई जोड दिँदै शुरू भएको महोत्सवमा जिरेल, नेवार, सुनुवारलगायतका समुदायहरूले झाँकी प्रस्तुत गरेका थिए ।
काठमाडौंबाट १८८ किलोमिटर र सदरमुकाम चरिकोटबाट ५६ किलोमिटर टाढा रहेको जिरी समुद्री सतहदेखि १७०० देखि ३२९६ मिटरसम्म उचाइमा फैलिएको छ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी












