×

NMB BANK
NIC ASIA

भारतमा मुद्रास्फीतिको जोखिम र बलियो आर्थिक वृद्धि दुवैको सम्भावना

काठमाडाैं | चैत २३, २०८०

NTC
Premier Steels

मुम्बई–भारतमा मुद्रास्फीतिको जोखिम र बलियो आर्थिक वृद्धि दुवैको सम्भावना रहेको बताउँदै केन्द्रीय बैङ्कले शुक्रवार लगातार सातौं पटक ब्याज दरमा कुनै परिवर्तन गरेको छैन । 

Muktinath Bank

भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले आफ्नो महत्त्वपूर्ण ‘पुनः खरिद् सम्झौता (रिपो रेट)’ ६.५० प्रतिशत कायम रहने बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वका प्रमुख केन्द्रीय बैंकहरूले यस वर्ष ब्याजदर कटौतीको सङ्केत दिएका छन् ।


Advertisment
Nabil box
Kumari

भारतमा मुद्रास्फिति घट्दो क्रममा छ, तर अझै पनि आरबीआईको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ ।

Vianet communication

सरकारले देशका विभिन्न भागमा गर्मी बढ्ने र यसले खाद्यान्नको मूल्य वृद्धि हुने चेतावनीसमेत दिएको छ ।

बलियो आर्थिक वृद्धिले पनि दर कटौतीको तत्काल आवश्यकतालाई कम गरेको छ ।

उत्पादन क्षेत्रमा वृद्धि भएसँगै भारतको अर्थतन्त्र डिसेम्बरमा पूरा भएको त्रैमासिकमा ८.४ प्रतिशतको दरले वृद्धि भएको छ । यसले विश्लेषकहरूको सामान्य पूर्वानुमानलाई गलत सावित गरिदिएको छ । 

आरबीआईका गभर्नर शक्तिकान्त दासले भने, ‘आगामी दिनमा बलियो वृद्धिको सम्भावनाले मुद्रास्फीतिमा ध्यान केन्द्रित गर्न र चार प्रतिशतको लक्ष्यमा मुद्रास्फीतिलाई कायम गर्न नीतिगत बल प्रदान गरेको छ ।’

‘तर खाद्यान्नको मूल्यमा अनिश्चितताले चुनौती खडा गरिरहेको छ,’ उनले थपे, ‘त्यसैले मौद्रिक नीति सक्रिय रूपमा अवमूल्यनकारी भइरहनुपर्छ ।’

सन् २०२२ को मे देखि सन् २०२३ को फेबु्रअरीसम्म ब्याजदरमा २।५ प्रतिशत बिन्दुले वृद्धि गरिएको थियो ।

फेब्रुअरीमा भारतको खुद्रा मुद्रास्फीति जनवरीको तथ्याङ्कमा अपरिवर्तित रहँदै ५.९ प्रतिशत कायम भएको थियो । 

खाद्य र इन्धन लागत समावेश नगरिने देशको ‘आन्तरिक मुद्रास्फीति’ चार प्रतिशतभन्दा कम रहेको छ । 

मार्च ३१ मा समाप्त भएको आर्थिक वर्षमा, विशेषज्ञहरूले भारतको वृद्धि दर ७।५ प्रतिशतदेखि आठ प्रतिशतको बीचमा रहेको अनुमान गरेका छन्, जुन सबै प्रमुख अर्थव्यवस्थाहरूमध्ये सबैभन्दा उच्च हो ।

फेब्रुअरीमा, भारतले अप्रिल १९ मा शुरू हुने राष्ट्रिय निर्वाचनअघि अन्तिम बजेटमा सस्तो लोकप्रियताका लागि हुने खर्चलाई बेवास्ता गरेको चालू आर्थिक वर्षका लागि अपेक्षा गरिएकोभन्दा कम वित्तीय घाटाको घोषणा गरेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x