२१ जेठ २०८३, बिहीबार

२ जना मृत अवस्थामा फेला

चैत २३, २०८०
काठमाडौं
२ जना मृत अवस्थामा फेला

धनुषा र चितवनमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।  धनुषाको जनकपुर उपमहानगरपालिका-८ बलुवा टोलस्थित निर्माणाधिन घरको सेफ्टि ट्याङकीभित्र सोही घरमा काम गर्ने महोत्तरी लोहरपट्टि  नगरपालिका-४ खुट्टा बस्ने  ४० वर्षीय हरी साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका-१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा सोही ठाउँ बस्ने ५६ वर्षीय लिला परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।   

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्