२३ जेठ २०८३, शनिबार

एप्पलले गर्‍यो ६०० भन्दा बढी कर्मचारी कटौती

चैत २३, २०८०
काठमाडौं
एप्पलले गर्‍यो ६०० भन्दा बढी कर्मचारी कटौती

वासिङ्टन–अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले ६०० भन्दा बढी कर्मचारी कटौती गरेको छ । यो आइफोनको विशाल जनशक्तिमा महामारीपछिको पहिलो ज्ञात कर्मचारी कटौती हो । 

क्यालिफोर्नियास्थित यो कम्पनी गत वर्ष कोरोना भाइरस महामारीका क्रममा ठूलो मात्रामा भर्नापछि अमेजन, मेटा, गुगल र अन्य प्राविधिक कम्पनीहरूमा कर्मचारी कटौतीको ठूलो अवस्थाबाट धेरै हदसम्म बचेको थियो । 

डब्ल्यूएआरएन भनिने क्यालिफोर्नियाको कर्मचारी समायोजन तथ पुनरप्रशिक्षण अधिसूचना ऐनअनुसार एप्पलले मार्च २७ मा धेरै कार्यालयहरूमा ६१४ कर्मचारीलाई नोकरीबाट निकालेको छ । कम्पनीले कर्मचारी कटौतीबारे शुक्रवार कुनै जवाफ दिएको छैन । 

ब्लुमबर्गका अनुसार नोकरीमा कटौती कम्पनीको विद्युतीय कार बनाउने असफल योजनासँग सम्बन्धित थियो । यसबाट एक दशकदेखि भइरहेको सङ्घर्षपूर्ण परियोजना समाप्त भएको छ । 

आईफोन निर्माताले आफ्नो गोप्य कार विकास कार्यक्रमका लागि करिब दुई हजार कर्मचारीलाई समर्पित गरेको तर उसले बढ्दो विद्युतीय वाहन (ईभी) क्षेत्रको सामना गर्नुपरेको ब्लुमबर्गले बताएको छ । 

एप्पललाई कानूनीरूपमा क्यालिफोर्नियामा मात्र कर्मचारी कटौतीको सूचना दिन आवश्यक भएकाले कर्मचारी कटौतीको दायरा व्यापक हुनसक्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्