पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
काठमाडाैं | चैत २४, २०८०
लुभेन–अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनप्रतिको दृष्टिकोणमा विशेषरूपमा माइक्रोचिप्स र हरित प्रविधिको क्षेत्रमा ब्रसेल्स र वासिङ्टनबीच ‘बढ्दो तालमेल’को शुक्रवार प्रंशसा गरेका छन् ।
‘पछिल्लो तीन वर्षमा यी मुद्दामा हाम्रो दृष्टिकोणमा समानाता बढिरहेको छ । संयुक्त राज्य अमेरिका र युरोपेली युनियन (ईयू) एकताबद्ध हुँदा र हामी सामान्य उद्देश्यका लागि काम गरिरहेका बेला यसले ठूलो फरक पार्छ,’ बेल्जियममा व्यापार र प्रविधिमाथि ईयू–अमेरिका बैठकमा सहभागी भएपछि उनले भने ।
ईयू–अमेरिका बैठक एटलान्टिकका दुवैतर्फ रहेका ठूला अर्थतन्त्रहरूका लागि आफ्ना मतभेदहरू हटाउन र व्यापार तथा प्रविधि क्षेत्रमा संयुक्त पश्चिमी स्थितिहरूको निर्माणका लागि आधार तयार गर्ने मञ्च हो ।
ईयू र अमेरिकाले वैश्विक कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब एक तिहाई हिस्सा लिन्छन् भने चीनले करिब १६ प्रतिशतको प्रतिनिधित्व गर्दछ । वैश्विक जिडिपीको गणना क्रयशक्ति समानतामा गरिन्छ । नाममात्रको सन्दर्भमा इयु र अमेरिकाले वैश्विक जिडिपीको करिब ४४ प्रतिशत र चीनले करिब १८ प्रतिशत योगदान गर्दछन् ।
वासिङ्टनले धेरै क्षेत्रमा अधिकांश धेरै खर्च गर्न सक्ने बेइजिङ सरकारद्वारा निर्देशित र समर्थित चिनियाँ आयातविरुद्ध थप आक्रामक अडान लिएको छ । ब्रसेल्सले भने चिनियाँ उत्पादनहरूमा निर्भरता कम गर्ने थप ‘जोखिमरहित’ रणनीति अपनाइरहेको छ ।
चीन भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शुक्रवार चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनले चीनको ‘अतिक्षमता’ ले अमेरिकी र अन्य मुलुकका कम्पनीहरूमा हुने कटौतीबारेमा चिन्ता व्यक्त गरे ।
बेल्जियममा ईयू–अमेरिका बैठकपछि ईयूका व्यापार आयुक्त वाल्डिस डोम्ब्रोभ्स्कीले ‘सेमीकन्डक्टरको क्षेत्रमा लचिलो आपूर्ति शृङ्खला विकास’का लागि ट्रान्सएटलान्टिक सहयोगको ‘आर्थिक दबाब’ माथि प्रकाश पारे । ‘अत्यन्त जटिल भू–राजनीतिक परिस्थितिमा इयु र अमेरिकाले रणनीतिक सहयोगीका रूपमा एकसाथ काम गर्नु वास्तवमा महत्त्वपूर्ण छ भन्ने कुरा अत्यन्त स्पष्ट छ,’ चीनको नाम नलिई उनले भने ।
ईयूका एकाधिकार व्यापारविरोधी प्रमुख कमिश्नर मार्गरेट वेस्टेजरले ब्रसेल्सले आफ्नै अडान बनाएको र त्यसलाई अमेरिकी समकक्षीहरूसँग बैठकमा प्रस्तुत गरिएको बताए । ‘यो कसैको विरुद्धमा होइन, यसले हामीलाई बलियो बनाउँछ, यो वास्तमा सहयोग समर्थक हो र हामीले वास्तवमा डेलिभर गरेका छौँ भन्ने मलाई लागेको छ,’ उनले भने ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...