२२ जेठ २०८३, शुक्रबार
इलाम–२ मा उपनिर्वाचन

इलाममा एमालेका उम्मेदवारलाई सघाउने माओवादीको औपचारिक निर्णय, संयुक्त विज्ञप्ति जारी

चैत २४, २०८०
काठमाडौं
इलाममा एमालेका उम्मेदवारलाई सघाउने माओवादीको औपचारिक निर्णय, संयुक्त विज्ञप्ति जारी

नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ । 

दुवै पार्टीका जिल्ला संयोजकले शुक्रवार विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिँदै एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न मतदातासँग अपिल गरेका छन् । 

‘आगामी वैशाख १५ गते हुन लागिरहेको इलाम–२ प्रतिनिधिसभा उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रबीच एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम – २ मा नेकपा एमालेको उम्मेदवार सुहाङ नेम्वाङलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउनका लागि इलाम– २ का आम मतदातामा हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बुले हस्ताक्षर गरेका छन् ।

null

माओवादीले यसअघि नै इलाम–२ मा एमालेलाई सघाउने जनाएको थियो तर औपचारिक निर्णय भने भएको थिएन । 

एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्