१६ असार २०८३, मंगलबार

इलाम-२ : एक स्वतन्त्रसहित चारले गराए मनोनयन दर्ता

चैत २४, २०८०
काठमाडौं
इलाम-२ : एक स्वतन्त्रसहित चारले गराए मनोनयन दर्ता

इलाम-२ मा स्वतन्त्रसहित चार जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जनमत पार्टी, नेमकिपा, मंगोल अर्गनाइजेसन र स्वतन्त्रसहित चार उम्मेदवारले मनोननयन गरेका हुन् । 

अहिलेसम्म जनमत पार्टीका  प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप), नेमकिपाबाट श्यामबहादुर दर्जी र डाकप्रसाद गौतमले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र एमालेका सुहाङ नेम्वाङले पनि उम्मेदवारी दर्ता गराउँदैछन् । कांग्रेसले साढे दुई बजे उम्मेदवारी दर्ता गर्दैछ ।

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

२७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्