२९ असार २०८३, सोमबार

इलाम-२ : रास्वपाका मिलन लिम्बूले दर्ता गराए उम्मेदवारी

चैत २४, २०८०
काठमाडौं
इलाम-२ : रास्वपाका मिलन लिम्बूले दर्ता गराए उम्मेदवारी

इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाका उपासभापति तथा श्रम मन्त्री डीपी अर्यालसहितको टोलीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि कांग्रेसका डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराएका थिए । 

गत (२०७९) चुनावमा इलाम-२ बाट जितेका नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि आगामी वैशाख १५ मा सोही क्षेत्रमा उपनिर्वाचनमा हुँदैछ ।

२७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।

 

salt training

कमेन्ट गर्नुहोस्