
बझाङ प्रदेश सभा १ (१)मा १० जनाको उम्मेदवारी परेको छ ।
सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी पर्दा संख्या १० जना पुगेको हो ।
नेपाली कांग्रेसबाट अभिषेक बहादुर सिंह, एमालेबाट दमनबहादुर भण्डारी र माओवादी केन्द्रबाट जनक बुढाको उम्मेदवारी परेको छ ।
नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नागरिक उन्मुक्ति पार्टीकी सुशीलादेवी विष्टको उम्मेदवारी परेको छ ।
नेश्नल रिपब्लिक पार्टीबका कमल घर्तीमगर, नेपाली जनता दलका अशोक सुनार र राप्रपाका किशोरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।
अघिल्लोपटक कांग्रेसबाट जितेका पृथ्वीबहादुर सिंहको कार दुर्घटनामा परी निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।