२२ जेठ २०८३, शुक्रबार

साङ्ग्रिलालाई पाखा लगाउँदै मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि

चैत २५, २०८०
काठमाडौं
साङ्ग्रिलालाई पाखा लगाउँदै मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि

मोरङ– मच्छिन्द्र फूटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फूटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिवार  विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले आयोजक साङ्ग्रिला फूटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो । 

प्रतियोगिताअन्तर्गत शनिवार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा काठमाडौंका ‘ए’ डिभिजन क्लब मच्छिन्द्र चम्किएको हो । खेलको ११३ औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ र ११९ औँ मिनेटमा युसुप थपलियाले गोल गरेका हुन् । उपाधिसँगै मच्छिन्द्र क्लबले रु ११ लाख र साङ्ग्रिलाले रु पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगितका प्लेयर अफ द म्याच मच्छिन्द्रका लाकेन लिम्बू, सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफन विनोङले जनही रु २१ हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र अखिल नेपाल फूटबल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले पुरस्कार प्रदान गरे । प्रतियोगितामा नेपाल, भारत र भूटानका एक–एक र घरेलु आठसहित १० टोलीको सहभागिता थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्