०६ साउन २०८३, बुधबार

हेमजामा आइतबारदेखि १२ औं आलु महोत्सव

चैत २५, २०८०
काठमाडौं
हेमजामा आइतबारदेखि १२ औं आलु महोत्सव

आलुको व्यवसायिक खेतीका लागि उर्वर हेमजामा बर्सेनि हुँदै आएको आलु महोत्सव यसपटक आइतबारदेखि सुरु हुँदैछ । १२औं संस्करणको महोत्सवमा ८० टन आलुको कारोबार हुने अनुमान आयोजक विष्णुपादुका क्लवले जनाएको छ । 

महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम छ । उक्त अवसरमा क्लबको बहुउद्देश्यीय भवन पनि शिलान्यास गरिने छ । कार्यक्रम उद्घाटनअघि हेमजाको माईस्थानबाट शोभायात्रासहित झाँकी ¥याली प्रदर्शन गरिनेछ । 

मेलामा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोबार गरिने महोत्सव मुल आयोजक समितिका संयोजक सुबिन श्रेष्ठले बताए । 
महोत्सव सम्पन्न गर्न करिब ४८ लाख १० हजार खर्च लाग्ने र ४९ लाख ४० हजार आम्दानी हुने अनुमान क्लवको छ ।

हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार व्यावसायिक आलुखेतीमा आबद्ध छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्