
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने भएको छ । उम्मेदवारको सूची प्रकाशन भएपछि आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने, सोमबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने तथा मंगलबार उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
सो कार्यक्रम सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको आयोगको भना इछ ।
शनिबार इलाम प्रतिनिधिसभा र बझाङ प्रदेशसभाका लागि कुल ३२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
इलाममा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ। मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहेका छन् । त्यसैगरी बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ। जसमध्ये १ जना महिला र ११ जना पुरूष रहेका छन् ।