×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन

इलाम– २ मा जनमत परीक्षण र वैशाख १५ पछिको राजनीतिक परिदृश्य

काठमाडाैं | चैत २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभाको रिक्त एक सीट पदपूर्तिका लागि वैशाख १५ मा हुन लागेको उपनिर्वाचनलाई जनमत परीक्षणको रूपमा पनि चासो र व्यग्रताका साथ हेरिएको छ । २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनको डेढ वर्षपछि हुन गइरहेको निर्वाचनले स्वाभाविकरूपमा जनमत परीक्षण गर्नेछ । उपनिर्वाचनका लागि इलाम– २ मा ८ स्वतन्त्रसहित २० जनाले शनिबार उम्मेदवारी दिएका छन् । 

Muktinath Bank

बहुपक्षीय प्रतिस्पर्धा हुने ठानिएको इलाम– २ को चुनावलाई चार कोणबाट विश्लेषण भइरहेका छन् । लामो समयदेखि चुनाव जित्दै आएका स्व. सुवास नेम्वाङको विरासत जोगाउनका लागि उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको एमालेमा चुनाव जित्ने मनोविज्ञान देखिन्छ । ‘चकलेटी उम्मेदवार’ सुहाङले उम्मेदवारी मनोनयनअगावै चुनावी अभियान थालिसकेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सुवास नेम्वाङ ब्रान्ड’ नरहेपछि अब त्यो क्षेत्र आफ्नो पकडमा आउने नेपाली कांग्रेसको विश्लेषण छ । कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले इलाम– २ मा ३२ वर्षपछि कांग्रेसले जित्ने प्रक्षेपण सुनाएका थिए । यसअघिको निर्वाचनमा नेम्वाङसँग झिनो मतान्तरले पराजित भएकाले आफूप्रति मतदाताको सहानुभूति रहेको कांग्रेस उम्मेदवार डम्बर खड्काको बुझाइ छ । लामो रस्साकस्सीपछि खड्काले टिकट फुत्काउन सफल भएका थिए । 


Advertisment
Nabil box
Kumari

२०७९ मंसिरको चुनावमा परम्परागत दललाई चक्मा दिएर उदाएको तथा वैशाख १० को उपनिर्वाचनमा चितवन र तनहुँमा ‘सुनामी’ ल्याएको रास्वपाले कोशी पूर्वमा गत वर्षको जस्तो जनआकर्षण ओइरिने अपेक्षा गरेको छ । रास्वपा टोलीले पटक–पटक इलाम गएर परिस्थिति मूल्यांकन गरेको थियो । आफूलाई ‘अकबरे उम्मेदवार’ भन्दै मिलन लिम्बू रास्वपाको उम्मेदवार बन्नु अघिदेखि नै फिल्डमा खटिएका थिए । इलाममा प्रख्यात रहेको अकबरे खुर्सानीको विम्ब उनले प्रयोग गरेका छन् । तीनै अकबरेलाई भित्र्याउन सभापति रवि लामिछाने दलबलसहित इलाम पुगेका थिए । 

Vianet communication
Laxmi Bank

इलामको निर्वाचनमा चर्चाका अर्का उम्मेदवार हुन्– पहिचान पक्षधर । प्रदेश १ को नाम ‘कोशी’ राख्दादेखि नै जातीय पहिचानका पक्षधरहरू आन्दोलनमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि स्व. सुवास नेम्वाङसम्मलाई पहिचान पक्षधरले कोशी प्रदेशका विभिन्न जिल्लामा आक्रमण प्रयास गरेका थिए । धरानका स्वतन्त्र मेयर हर्क साम्पाङको समेत स्वतन्त्र उम्मेवारप्रति सहानुभूति देखिएकाले पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि त्यहाँ चर्चा बटुल्ने देखिन्छ । 

यस अतिरिक्त इलाममा सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी, राप्रपादेखि सीके राउत नेतृत्वको जनमत पार्टीसम्मका उम्मेदवार छन् । केन्द्रमा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले उम्मेदवार उठाएन । उम्मेदवार नउठाएका कारण माओवादीका मतदाता छरिने आशंका छ । आधिकारिक रूपमा भने माओवादीले एमाले उम्मेदवारलाई समर्थन गरेको छ ।

दलहरूको ‘पाइन’ नाप्ने अवसर

राष्ट्रिय राजनीतिमा तीनवटा दल इलामको चुनावको नतिजा आफ्नो पक्षमा पारेर सन्देश दिन चाहन्छन् । प्रतिनिधिसभाको प्रमुख दल नेपाली कांग्रेसले इलाम– २ को नतिजा आफ्नो पक्षमा पारेर अहिले पनि जनमतमा पहिलो दलको रूपमा आफ्नो प्रभाव देखाउन चाहिरहेको छ । फागुन २१ पछि प्रतिपक्षमा पुगेका कांग्रेसले आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने निर्णय गरेको थियो । कांग्रेसका लागि इलामको चुनाव एक्लै लड्न सक्षम छौ भनेर नेता कार्यकर्तालाई आत्मविश्वास भर्ने अवसर पनि हो । तर, पहिचान पक्षधर र नयाँ दलको चेपुवामा परेको कांग्रेसले इलाममा के एजेन्डा बोकेर परम्परागत मतदातालाई आकर्षित गर्छ त्यो अझै प्रस्ट भइसकेको छैन । 

२०८४ सालमा एक्लै बहुमत प्राप्त गरेर ‘भरपर्दो राष्ट्रिय शक्ति’ बन्ने महत्त्वाकांक्षा बोकेको नेकपा एमालेका लागि इलामको चुनाव प्रतिष्ठाको विषय बन्न पुगेको छ । आफूले जित्दै आएको सिट गुम्यो भने २०८४ सालमा बहुमत ल्याउने नारा हावादारी हुने एमालेले बुझेको छ । नेम्वाङको विरासत रहेको सो क्षेत्रमा सुहाङलाई साहनुभूतिको भोट आउने अपेक्षा एमालेको छ । पुरानो भोट जोगाएर माओवादीको भोट थप्दा सहज चुनाव जितिन्छ भन्ने एमालेको बुझाइ देखिन्छ । झरेको कपाल फेरि पलाउन थालेकाले २० वर्ष अरू कसैले आस नगरे हुन्छ भनी अभिव्यक्ति दिएका एमाले अध्यक्ष केपी ओलीको आत्मविश्वास बढाउन या घटाउन इलामको चुनाव एउटा परिघटना बन्ने छ । 

एकल बहुमतको सरकार बनाएर प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा बोकेका रवि लामिछानेका लागि इलामको चुनाव परीक्षणको अर्को अवसर हो । (रास्वपा नभनेर रवि किन भनिएको हो भने, रास्वपाले पार्टीको स्वरूप ग्रहण गर्दैछ । अहिलेसम्म संसद्मा रास्वपाको २१ सिट रविको व्यक्तिगत लोकप्रियता या ख्यातिका कारण हो) 

पुरानै दलसँग टाँसिएर शत्तामा आशक्ति देखाएको आरोप विगतमा उनको प्रशंसा गर्नेहरूले नै लगाउन थालेका छन् । रविमाथि सहकारी ठगीको संघीन आरोप लागिरहेको समयमा इलामको चुनावमार्फत प्रकट हुने जनताको अभिमत पनि विचारणीय पक्ष हुनेछ । सहकारी ठगीमा संलग्न रहेको भनेर संसद्मा रविविरुद्ध कांग्रेस आक्रामक भइरहेको समयमा रास्वपाले इलामको चुनाव जित्यो भने राजनीति रोमाञ्चक क्षणमा प्रवेश गर्नेछ । 

इलामको चुनावको केन्द्रमा रास्वपा छ भन्दा फरक नपर्ला किनकि बझाङमा रास्वपाको उम्मेदवार छैन र चुनावको उमंग पनि । प्रदेशको रिक्त स्थानमा चुनाव हुँदा पनि आम मानिसलाई त्यता कुनै चासो छैन । 

चुनावको सन्देश र राजनीतिक परिदृश्य

इलाममा एमालेलाई हराउँदै रास्वपाले चुनाव जित्यो भने रविप्रति ओलीको व्यवहार कस्तो होला आम मानिसलाई अहिले सर्वाधिक चासोको विषय यही बनेको छ । दुवै नेताको दाबीलाई मान्ने हो भने ‘मिसन २०८४’मा एक अर्कोलाई बहुमत पुर्‍याउन बाधक यी दुई नेता हुन् । आजका मितिसम्म कांग्रेसले मिसन– २०८४ को नारा दिएको छैन, एकल बहुमत ल्याउने हाँक एमाले र रास्वपाले मात्र गरिरहेका छन् । 

विद्यमान राजनीतिक शक्ति सन्तुलन र अहिलेको निर्वाचन प्रणालीका कारण कुनै दलले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिँदैन । २०७४ सालमा जस्तो वामपन्थी गठबन्धन नै बने पनि मुस्किल छ । यदि कसैले ल्याएछ भने राजनीतिमा वास्तविक उथलपुथल त्यो बेला हुनेछ, फागुन २१ मा एउटा दललाई छाडेर अर्कोसँग सत्ता सहकार्य गरेकोलाई खास उथलपुथल भन्न मिल्दैन ।  

आजको दिनमा अचम्मको कुरा आगामी आम निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धी ठानिएको रविलाई केपी ओलीले किन यति धेरै माया गरिरहेका छन् ? के उनको माया सक्कली हो ? वैशाख १५ को चुनावमा एमालेमाथि रास्वपा हावी भयो भने पनि ओलीले रविको प्रतिरक्षा त्यसैगरी गर्लान् ? अहिले कांग्रेसले संसदीय छानबिन माग गर्दा ओलीले छानबिन आवश्यक नभएको भनिरहेका छन् ।

दोहोरो पासपोर्टदेखि सहकारी ठगीको आरोप लाग्दा ओलीले रविको प्रतिरक्षा गरेका छन्, त्यो कहिलेसम्म हो भन्ने एमालेका नेताले समेत बुझेका छैनन् । एमालेलाई पराजित गरेर रास्वपा हावी भएमा सम्भवतः रविले ओलीको मायामा कमी महसुस गर्नेछन् । त्यसको असर अहिलेको सत्ता समीकरणमा समेत नपर्ला भन्न सकिँदैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x