
बेथिति, भ्रष्टाचार र अनियमितताको विरोधका लागि भन्दै सिंहदरबारअगाडि प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्रअन्तर्गत पर्ने सिंहदरबारको दक्षिणी ढोकाअगाडि आइतबार प्रदर्शन गरेका नेविसंघका ६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि नेविसंघले विभिन्न विषयमा सरकारविरोधी प्रदर्शन गर्दै आएको छ ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीले जनताको संविधान कार्यान्वयन गर, नागरिकको उपचार राज्यले गर्नुपर्छ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन हुनुपर्ने माग गर्दै आएको छ ।
सरकार संसदीय छानबिनका लागि तयार नभइरहेका बेला नेविसंघले सडकबाट खबरदारी समेत गरेको छ ।
हेर्नुहोस्, तस्वीरहरू :











