१० साउन २०८३, आइतबार

लगातार उकालो लागेको सुनको मूल्यमा नयाँ कीर्तिमान

चैत २५, २०८०
काठमाडौं
लगातार उकालो लागेको सुनको मूल्यमा नयाँ कीर्तिमान

स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आइतवार नयाँ कीर्तिमान कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार छापावाला सुन प्रतितोला रु एक लाख ३५ हजार ६  सय कायम भएको छ । शुक्रवार छापावाला सुन प्रतितोला रु एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रवार तेजाबी सुन रु एक लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आइतवारका लागि प्रतितोला रु एक हजार ६ सय ७० निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य रु एक हजार ६ सय १५ मा कारोबार भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्