×

NMB BANK
NIC ASIA

भ्रष्टाचारको नयाँ स्वरूप

घुस बुझ्ने नयाँ काइदा, ठेकेदारले सरकारी कर्मचारीलाई किनिदिए भक्तपुरमा साढे २ रोपनी जग्गा

काठमाडाैं | चैत २५, २०८०

NTC
Premier Steels

सरकारी कर्मचारीले घुसबापत पैसा नलिई जग्गा लिएको तथ्यसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एउटा रोचक मुद्दा दायर गरेको छ ।

Muktinath Bank

लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख तथा हाल इन्जिनीयर सरोजकुमार भट्टराईले ठेकेदारबाट पैसा नलिई जग्गा बेच्नेको खातामा रकम हाल्न लगाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्तरीको भंगाहा– ५ स्थायी घर भएका भट्टराईले भक्तपुर गुण्डुमा– २ कित्ता जग्गा किनेका थिए । २ रोपनी ९ आना १ पैसाको एउटा र २ आना एक पैसाको अर्को गरी दुई कित्ता जग्गा किनिएको थियो ।


Advertisment
Nabil box
Kumari

कोषमा ठेक्का पाएको बाबु निर्माण सेवा कम्पनीले जग्गा बेच्नेको नाममा पैसा हाल्दिएको थियो । 

Vianet communication

‘सरोजकी आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा पास भएको र बेच्नेको खातामा ठेकेदारले पैसा जम्मा गरेको पाइयो,’ अख्तियार स्रोतले लोकान्तरलाई भन्यो । 

कोषमा निर्माणसम्बन्धी कामको ठेक्का पाएका ठेकेदारले भट्टराईलाई जग्गा बेच्ने व्यक्तिको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी ८० लाख रुपैयाँ जम्मा गरिदिएको अभियोग पत्रमा उल्लेख छ ।

जग्गा खोजिदिने व्यक्तिको  खातामा जम्मा गरेकोमध्ये ३८ लाख ७ हजार जग्गा बिक्रेताकै खातामा गएको देखिएको छ।

अख्तियारले निज सरोज भट्टराई र उनकी आमा जनकनन्दीनीविरुद्ध ८० लाख बिगो कायम गरेको छ भने कसूरजन्य कार्यबाट खरिद गरेको जग्गा समेत जफत गर्न माग दाबी लिएको  छ।

विशेष अदालतका यज्ञराज रेग्मीले आइतबार मुद्दा दर्ता भएको जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x