२६ असार २०८३, शुक्रबार
भ्रष्टाचारको नयाँ स्वरूप

घुस बुझ्ने नयाँ काइदा, ठेकेदारले सरकारी कर्मचारीलाई किनिदिए भक्तपुरमा साढे २ रोपनी जग्गा

चैत २५, २०८०
काठमाडौं
घुस बुझ्ने नयाँ काइदा, ठेकेदारले सरकारी कर्मचारीलाई किनिदिए भक्तपुरमा साढे २ रोपनी जग्गा

सरकारी कर्मचारीले घुसबापत पैसा नलिई जग्गा लिएको तथ्यसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एउटा रोचक मुद्दा दायर गरेको छ ।

लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख तथा हाल इन्जिनीयर सरोजकुमार भट्टराईले ठेकेदारबाट पैसा नलिई जग्गा बेच्नेको खातामा रकम हाल्न लगाएका थिए ।

महोत्तरीको भंगाहा– ५ स्थायी घर भएका भट्टराईले भक्तपुर गुण्डुमा– २ कित्ता जग्गा किनेका थिए । २ रोपनी ९ आना १ पैसाको एउटा र २ आना एक पैसाको अर्को गरी दुई कित्ता जग्गा किनिएको थियो ।

कोषमा ठेक्का पाएको बाबु निर्माण सेवा कम्पनीले जग्गा बेच्नेको नाममा पैसा हाल्दिएको थियो । 

‘सरोजकी आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा पास भएको र बेच्नेको खातामा ठेकेदारले पैसा जम्मा गरेको पाइयो,’ अख्तियार स्रोतले लोकान्तरलाई भन्यो । 

कोषमा निर्माणसम्बन्धी कामको ठेक्का पाएका ठेकेदारले भट्टराईलाई जग्गा बेच्ने व्यक्तिको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी ८० लाख रुपैयाँ जम्मा गरिदिएको अभियोग पत्रमा उल्लेख छ ।

जग्गा खोजिदिने व्यक्तिको  खातामा जम्मा गरेकोमध्ये ३८ लाख ७ हजार जग्गा बिक्रेताकै खातामा गएको देखिएको छ।

अख्तियारले निज सरोज भट्टराई र उनकी आमा जनकनन्दीनीविरुद्ध ८० लाख बिगो कायम गरेको छ भने कसूरजन्य कार्यबाट खरिद गरेको जग्गा समेत जफत गर्न माग दाबी लिएको  छ।

विशेष अदालतका यज्ञराज रेग्मीले आइतबार मुद्दा दर्ता भएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्