०९ साउन २०८३, शनिबार

दिल्लीमा चोरी भएको भाजपा अध्यक्ष नड्डाकी श्रीमतीको कार बनारसमा भेटियो

चैत २५, २०८०
काठमाडौं
दिल्लीमा चोरी भएको भाजपा अध्यक्ष नड्डाकी श्रीमतीको कार बनारसमा भेटियो

भारतको राजधानी दिल्लीमा चोरी भएको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाकी श्रीमती मल्लिकाको कार बनारसमा भेटिएको छ ।

गत मार्च १९ (चैत ६)मा दक्षिणी दिल्लीबाट चोरी भएको फर्चुनर कार आइतबार उत्तर प्रदेशको बनारसमा भेटिएको हो ।

चोरीको आरोपमा भारतीय प्रहरीले शाहीद र शिवांग त्रिपाठी नाम गरेका दुई व्यक्तिलाई पक्राउ गरिएको सञ्चारमाध्यम आजतकले जनाएको छ ।

पक्राउ पर्नुअघि ती दुई व्यक्तिले उक्त कार नागाल्यान्ड लैजाने तयारी गर्दै थिए ।    

उक्त कार भाजपा अध्यक्ष नड्डाकी पत्नी मल्लिकाको नाममा दर्ता छ । चालक जोगिन्दरले सेतो रङको फर्चुनर कार गोविन्दपुरीस्थित एक सर्भिस सेन्टरमा छोडेका थिए ।

केही समयका लागि घर फर्किएका जोगिन्दर कार लिनका लागि उक्त सेन्टरमा पुग्दा कार गायब भइसकेको थियो ।

प्रहरीले सीसीटीभी फूटेज अध्ययन गरी चोर पत्ता लगाउन प्रयास गरिरहेको थियो । तर, सफल भएको थिएन । प्रहरी २० दिनपछि आइतबार उनीहरूलाई पक्राउ गर्न सफल भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्