
वेस्टइन्डिजका पूर्व क्रिकेटर रोड्रिक ओर्भिल एस्टविक नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टका रूपमा नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले एस्टविक नेपाली सिनियर टोलीको बलिङ कन्सल्टेन्टका रूपमा नियुक्त भएको जनाएको छ ।
एस्टविक सन् १९८३-८४ सम्म वेस्टइन्डिज टोलीका सदस्य रहिसकेका छन् ।
वेस्टइन्डिजको क्षेत्रीय सिनियर टोलीको सहायक कोच बनेका उनले वेस्टइन्डिजको 'बी' टिमको समेत कोच भएर काम गरिसकेका छन् ।