०५ साउन २०८३, मंगलबार

ओपिडी सेवा १२ घण्टा पुर्‍याइने

चैत २५, २०८०
काठमाडौं
ओपिडी सेवा १२ घण्टा पुर्‍याइने

गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरि १२ घण्टा पु-याउने निर्णय गरेका छन् ।

 मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन् ।  अस्पतालहरुले बिहान १० देखि साँझ ५ बजेसम्म ‘ओपिडी’ सेवा सञ्चालन गर्दै आएकामा अबदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म उक्त सेवा सञ्चालन गर्नेछन्  ।

त्यसअघि मुख्यमन्त्री अधिकारीले सहिद उद्यान र पुष्पलाल स्मृति उद्यामा पुगी सहिदको प्रतिमामा माल्यार्पण गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्