
टेक कम्पनी माइक्रोसफ्टले चिनियाँ ह्याकरहरूले एआई उपकरणहरू प्रयोग गरेर विश्वभरका चुनावमा मतदाताहरूलाई प्रभावित पार्न सक्ने चेतावनी दिएको छ । द गार्डियनका अनुसार माइक्रोसफ्टले आफ्नो ब्लग पोस्टमा चीनले आफ्नो फाइदाको लागि एआई उत्पन्न सामग्री र टूलहरू प्रयोग गरेर मतदाताहरूलाई प्रभाव पार्न सक्ने चेतावनी दिएको हो ।
माइक्रोसफ्टका अनुसार एआई उपकरणहरू ह्याकरहरूका लागि हतियारजस्तै खतरनाक साबित भइरहेका छन्, किनभने तिनीहरूले टूलहरूलाई आफ्नो इच्छा अनुसार प्रयोग गरिरहेका छन् । अब यी एआई उपकरणहरूमार्फत डीपफेक र सम्पादन गरिएका भिडियोहरू सिर्जना गर्न सजिलो भएको माइक्रोसफ्टले जनाएको छ ।
ह्याकरहरूले सजिलैसँग नक्कली खाताहरू सञ्चालन गर्न सक्छन् र प्रसिद्ध नेताहरूको आवाज पनि क्लोन गर्न सक्नेछ, त्यसपछि ठूलो मात्रामा सार्वजनिक रूपमा साझा गर्न सकिन्छ, त्यसपछि यो भाइरल हुन सक्छ र लाखौं मानिसहरूमा पुग्न सक्छ।
यस वर्ष विश्वका विभिन्न देशमा ठूला चुनाव हुन हुँदैछ । जसमा भारत, दक्षिण कोरिया र अमेरिकाजस्ता केही देश छन् ।
कम्पनीले आफ्नो पोस्टमा भनेअनुसार गएको जनवरी २०२४ मा ताइवानको राष्ट्रपति चुनावलाई प्रभाव पार्न एआई सामग्री पनि प्रयोग गरिएको थियो।