११ साउन २०८३, सोमबार
कांग्रेस पदाधिकारी बैठक

कांग्रेसले रविमाथि संसदीय छानबिनको मागलाई 'बटमलाइन' बनाउने

चैत २६, २०८०
काठमाडौं
कांग्रेसले रविमाथि संसदीय छानबिनको मागलाई 'बटमलाइन' बनाउने

नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानिबन समिति गठनको विषयलाई बटमलाइन नै बनाउने भएको छ ।
 
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले छानबिन समितिको अडानबाट पछाडि नहट्ने निर्णय गरेको जानकारी सहमहामन्त्री जीवन परियारले दिए । 

‘नेपाली कांग्रेस सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको एजेन्डाबाट पछाडि हटेको छैन,’ परियारले भने, ‘कांग्रेस बैठकले समिति गठनलाई बटमलाइन बनाएको छ ।’

भोलिको संसद् बैठकलाई लक्षित गरी सभामुखले सोमबार दिउँसो बोलाएको छलफलमा पनि कांग्रेसको यही अडान रहने उनले जानकारी दिए । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता देखिएको भन्दै छानबिनको माग गर्दै आएको छ । 

सभामुख देवराज घिमिरेले आज दिउँसो साढे २ बजे बैठक बोलाएका छन् । सो बैठकमा कांग्रेसबाट सभापति देउवा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुने पार्टीले जनाएको छ । 

यस्तै, कांग्रेसले भोलि बिहान बस्ने गरी संसदीय दलको बैठक पनि बोलाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्