२९ जेठ २०८३, शुक्रबार

उद्योग समिति सभापति खान चढेको गाडी धादिङको कृष्णभीरमा दुर्घटना

चैत २६, २०८०
काठमाडौं
उद्योग समिति सभापति खान चढेको गाडी धादिङको कृष्णभीरमा दुर्घटना

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम, उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवार गाडी सोमबार दुर्घटनामा परेको छ । दुर्घटनामा सभापति खान स्वयं घाइते भएका छन् ।

काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको गाडी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभीर भन्ने स्थानमा दुर्घटनामा परेको संसद् सचिवालयका उपसचिव प्रदीप नेपालले जानकारी दिएका छन् ।

'जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष, पूर्व खानेपानी मन्त्री एवं उद्योग तथा वाणिज्य र श्रम, उपभोक्ता हित समितिका सभापति माननीय अब्दुल खानज्यू उहाँको निजी सचिवालयका साथीहरूको साथमा बिहान करिब ५:०० बजे काठमाडौंबाट बर्दिया जिल्ला जानेक्रममा आज मिति २०८०/१२/२६ गतेको दिन धादिङ जिल्लास्थित बेनीघाट रोराङ गा.पा- ७ को कृष्णभीर भन्ने ठाउँमा गाडी दुर्घटना भएको छ । उहाँहरू सबैमा शीध्र स्वास्थ्यलाभको कामना गर्दछु,' दुर्घटनाको तस्वीरसहित नेपालले लेखेका छन् ।

सभापति खानको दायाँ हातमा चोट पुगेको छ । उनी पूर्व खानेपानी मन्त्री समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्