२७ असार २०८३, शनिबार

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस, विशेष अधिवेशनको माग

चैत २६, २०८०
विराटनगर
कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस, विशेष अधिवेशनको माग

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा नयाँ सरकार गठनको पहल थालेका छन् ।

मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन सोमवार फिर्ता लिएलगत्तै उनीहरूले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् । 

एमाले-माओवादीले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका छन् ।

कोशीमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ ।

हिक्मतलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदले हस्ताक्षर गरेका छन् ।

कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले औपचारिक आह्वान भने गरेका छैनन् ।

तर मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले-माओवादीले नयाँ सरकारका लागि दाबी प्रस्तुत गरेका हुन् ।

साथै उनीहरूले विशेष अधिवेशनको माग गर्दै निवेदन समेत दर्ता गराएका छन् ।

एमाले-माओवादीले समर्थन फिर्ता लिएसँगै केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्