२८ असार २०८३, आइतबार

८० प्रतिशत विद्यालयमा पुग्यो पाठ्यपुस्तक, सोलुखुम्बु, बाँके र बर्दियामा वितरण शुरू

चैत २६, २०८०
काठमाडौं
८० प्रतिशत विद्यालयमा पुग्यो पाठ्यपुस्तक, सोलुखुम्बु, बाँके र बर्दियामा वितरण शुरू

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ ।

चैत १३ गतेसम्म कुल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए। 

उनले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिए ।

अनुसार आजदेखि सोलुखुम्बु, बाँके र बर्दियामा पाठ्यपुस्तक वितरण शुरू भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री शुरू गरिनेछ ।

उनले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताए ।

स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उनको भनाइ छ ।

उनले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताए । दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौं उपत्यकामा शुरू गरिने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्