१४ असार २०८३, आइतबार

सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा आगलागी

चैत २६, २०८०
काठमाडौं
सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा आगलागी

काठमाडौंको सतुंगलमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा आगलागी भएको छ ।

देशैभरका सशस्त्र प्रहरीका लागि चाहिने जिन्सी सामान राखिएको गोदाम घरमा आगलागी भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

आगलागीको कारण बारे केही खुलेको छैन ।

दमकल, प्रहरी तथा स्थानीयबासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्