×

NMB BANK
NIC ASIA

दलहरू विधिको शासन स्थापनातर्फ लाग्नुपर्छ : प्रदीप पौडेल

काठमाडाैं | चैत २६, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरू लाग्नुपर्ने बताउनुभएको छ ।

Muktinath Bank

नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्यामा आज काठमाडौं आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले निराशाले समस्या समाधान हुन नसक्ने भन्दै नयाँ वर्षमा नयाँ आशा र विधिको शासन स्थापनामा दलहरू लाग्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'विसं २०८० मा हरेक क्षेत्रमा धेरै प्रश्न उठेका छन्, विसं २०८१ मा उत्तर खोज्ने गरी राजनीतिक दल अगाडि बढ्नुपर्छ', उनले भने ।


Advertisment
Nabil box
Kumari

काठमाडौं क्षेत्र नं ५ का सांसद पौडेलले प्रश्नहरू उठ्दैमा कोही पनि दोषी नहुने भएकाले संसद्‌मा जोकोहीमाथि उठेका प्रश्नको छानबिन सरकारले गर्नुपर्ने बताए ।

Vianet communication

उनले सहकारी ठगी प्रकरणको छानबिन गर्नका लागि समिति बनाउनुपर्ने आफ्नो मागबाट कांग्रेस पछाडि नहटेको बताए । 'सहकारीको विषय कांग्रेसले निरन्तर आवाज उठाएको छ, राजीनामा नैतिकताको विषय हो', उनले भने ।

अरूलाई प्रश्न उठाउने व्यक्तिले आफूले उत्तर दिन सक्नुपर्ने उनको भनाइ छ ।

नेता पौडेलले मुलुकमा सुशासन ल्याउनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए ।

उनले पछिल्लो समय एकपछि अर्का काण्ड सार्वजनिक भएको भन्दै सबै काण्डको छानबिन गर्नुपर्ने उल्लेख गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x