०१ साउन २०८३, शुक्रबार

दलहरू विधिको शासन स्थापनातर्फ लाग्नुपर्छ : प्रदीप पौडेल

चैत २६, २०८०
काठमाडौं
दलहरू विधिको शासन स्थापनातर्फ लाग्नुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरू लाग्नुपर्ने बताउनुभएको छ ।

नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्यामा आज काठमाडौं आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले निराशाले समस्या समाधान हुन नसक्ने भन्दै नयाँ वर्षमा नयाँ आशा र विधिको शासन स्थापनामा दलहरू लाग्नुपर्ने बताए ।

'विसं २०८० मा हरेक क्षेत्रमा धेरै प्रश्न उठेका छन्, विसं २०८१ मा उत्तर खोज्ने गरी राजनीतिक दल अगाडि बढ्नुपर्छ', उनले भने ।

काठमाडौं क्षेत्र नं ५ का सांसद पौडेलले प्रश्नहरू उठ्दैमा कोही पनि दोषी नहुने भएकाले संसद्‌मा जोकोहीमाथि उठेका प्रश्नको छानबिन सरकारले गर्नुपर्ने बताए ।

उनले सहकारी ठगी प्रकरणको छानबिन गर्नका लागि समिति बनाउनुपर्ने आफ्नो मागबाट कांग्रेस पछाडि नहटेको बताए । 'सहकारीको विषय कांग्रेसले निरन्तर आवाज उठाएको छ, राजीनामा नैतिकताको विषय हो', उनले भने ।

अरूलाई प्रश्न उठाउने व्यक्तिले आफूले उत्तर दिन सक्नुपर्ने उनको भनाइ छ ।

नेता पौडेलले मुलुकमा सुशासन ल्याउनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए ।

उनले पछिल्लो समय एकपछि अर्का काण्ड सार्वजनिक भएको भन्दै सबै काण्डको छानबिन गर्नुपर्ने उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्