०३ साउन २०८३, आइतबार

आगलागी भएको एपीएफ गोदाममा पुगे गृहमन्त्री लामिछाने, छानबिन समिति बनाएर अनुसन्धान गर्न निर्देशन

चैत २६, २०८०
काठमाडौं
आगलागी भएको एपीएफ गोदाममा पुगे गृहमन्त्री लामिछाने, छानबिन समिति बनाएर अनुसन्धान गर्न निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको चन्द्रागिरिस्थित सशस्त्र प्रहरी (एपीएफ) को गोदाममा भएको आगलागीबारे जानकारी लिएका छन् ।

सोमवार साँझ एपीएपको सामान राख्ने (स्टोर रुममा) भएको आगलागीबारे उनले सतुङ्गलनै पुगेर जानकारी लिएका हुन् ।

स्थलगत अनुगमनका क्रममा विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी प्राप्त भएको मन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार आगलागी भएको गोदाम बस्तीबीचमा रहे पनि आसपासका घर सुरक्षित रहेका छन् ।

अनुगमनका क्रममा मन्त्री लामिछानेले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट जाँच गर्न निर्देशन दिएका छन् । साथै उनको निर्देशनअनुसार एआईजीको संयोजकत्वमा छानबिन समिति बनाएर जाँच थालिसकेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

अहिलेसम्म पनि आगो नियन्त्रणमा आएको छैन । ८ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्