२४ जेठ २०८३, आइतबार

म्यान्माको जुन्ताद्वारा साझा सीमा नजिकै ‘विशेष’ उडानका लागि अनुरोध

चैत २६, २०८०
काठमाडौं
म्यान्माको जुन्ताद्वारा साझा सीमा नजिकै ‘विशेष’ उडानका लागि अनुरोध

नजिकैको एउटा महत्त्वपूर्ण सीमा केन्द्रमा झडपहरू भएपछि म्यान्माको जुन्ताले थाइल्यान्डमा अवतरण गर्न र म्यान्माका नागरिकहरूलाई स्वदेश फिर्ता गर्न ‘विशेष’ उडानको अनुमति दिन अनुरोध गरेको थाई विदेश मन्त्रालयले सोमबार बताएको छ । 

म्यान्मामा हालैका महिनामा आन्तरिक द्वन्द्व बढेको छ । सन् २०२१ को सैन्य विद्रोहमा लोकतान्त्रिकरूपमा निर्वाचित सरकारबाट सत्ता हत्याएको सेनाविरुद्ध विरोधी शक्तिहरूले मुलुकभर अग्रता हासिल गरिरहेका छन् । 

म्यान्माका पहिला लडाइँबाट अछूतो रहेका क्षेत्रहरूमा लगातार झडपहरू भइरहेका छन् । विश्लेषकहरूले बढ्दो झडपहरू जुन्ता शासनका लागि अहिलेसम्मको सबैभन्दा ठूलो खतरा हो भनेका छन् । 

साताको अन्त्यमा थाई सहर माई सोटको सीमापार म्यावाडी सहर नजिकै जुन्ताविरोधी समूहरूले तीव्र लडाइँ गरेको स्थानीय समाचार थिए । जुन्ताको वाणिज्य मन्त्रालयका अनुसार म्यावाडी तेस्रो सबैभन्दा व्यस्त ‘ल्यान्ड क्रसिङ’ हो । यहाँबाट पछिल्लो १२ महिनामा करिब एक अर्ब १० करोड डलरको सामानहरू ओसारपसार भएको थियो । 

म्यान्माको एउटा उडान आइतबार माई सोट विमानस्थलमा अवतरण गरेको र ‘मानवीय आधार’ मा अनुरोध स्वीकार गरिएपछि सोही दिन फर्किएको विदेश मन्त्रालयले विज्ञप्तिमा पुष्टि गरेको छ । बैङ्ककमा म्यान्माको दूतावासले अप्रिल ६ मा आगामी तीन दिनमा ‘यात्रीहरू र कार्गो’ ओसार्न तीन ‘विशेष’ याङ्गुन–माई सोट उडानको अनुमति मागेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयका प्रवक्ताले उडानका बारेमा थप जानकारी दिन अस्वीकार गरे । आइतबारको उडानपछि बाँकी उडान रद्द गरिएको विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा थप कुनै विवरण दिइएको छैन । 

थाइल्यान्डले थाई–म्यान्मा सीमामा स्थितिको नजिकबाट निगरानी गरिरहेको र ‘शान्ति, व्यवस्था र नागरिकहरूको सुरक्षा कायम गर्न आवश्यक कारवाही गर्नका लागि तयार रहेको’ विज्ञप्तिमा उल्लेख छ । 

स्थानीय सञ्चारमाध्यमद्वारा लिइएको एक भिडियोमा केही सशस्त्र कारहरूमा नजिकैको दूरीमा पाल र अव्यवस्थित अस्थायी आश्रय बनाएर थाई सैनिकहरूले सीमामा गस्ती गरिरहेको देख्न सकिन्छ । 

यसअघि उडानका बारेमा सोधिएको प्रश्नमा थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकारहरूसँग भने, “उडान हतियारको ढुवानी वा सैन्यकर्मीहरूका लागि थिएन ।” उनले विमानले ‘नागरिक कामदार’लाई मात्र बोकेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्