२७ जेठ २०८३, बुधबार

स्विडेनले गर्‍यो २० वर्ष बसेकी चिनियाँ पत्रकारलाई देश निकाला

चैत २७, २०८०
काठमाडौं
स्विडेनले गर्‍यो २० वर्ष बसेकी चिनियाँ पत्रकारलाई देश निकाला

स्विडेनले २० वर्ष बसेकी चिनियाँ पत्रकारलाई देश निकाला गरेको छ । नाम सार्वजनिक नभएकी ती चिनियाँ पत्रकार ५७ वर्षकी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

स्विडेनको प्रसारक एसभीटीका अनुसार चिनियाँ राजदूतावास तथा चिनियाँ सरकारसँग जोडिएकाहरूसँग उनको निकट सम्बन्ध थियो । 

उनका वकिल तथा स्विडेनका नागरिक लिउ ट्रिम काद्रियुले स्विडेनको सुरक्षा खतरा भएको भन्दै उनलाई देश निकाला गरिएको बताएका छन् । 

समाचार संस्था रोयटर्सका अनुसार ती चिनियाँ महिला करिब २० वर्षदेखि स्विडेनमा बिरहेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्