
रेनो मोटर्सको नेपालका लागि आधिकारिक वितरक एडभान्स अटोमोबाइल्सले 'सुपर डुपर प्राइस डिलाइट' अभियानको शुभारम्भ गरेको छ।
यही चैत ७ गतेबाट शुरूवात भएको अभियान आगामी जेठ ११ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
यस अभियानमा टप–सेलिङ रेनो मोडलहरू छन् । जसमा क्विड आरएक्सटी 'ओ' एमटी, किगर आरएक्सई एमटी र ट्रिबर आरएक्सएल समावेश छन्।
यो विशेष अफर अन्तर्गत ग्राहकहरूलाई उल्लेखित मोडेलहरूमा अविश्वसनीय छुट प्राप्त गर्ने अवसर प्रदान गरिएको कम्पनीको भनाइ छ।
क्विड आरएक्सटी 'ओ' एमटीको मूल्य १८ लाख ९९ हजार रूपैयाँमा प्राप्त गर्न सकिनेछ। साथै, किगर आरएक्सई एमटीको मूल्य २६ लाख ९९ हजार रूपैयाँ र ट्रिबर आरएक्सएलको मूल्य २१ लाख ९९ हजार रूपैयाँमा प्रदान गरिएको छ।