३० असार २०८३, मंगलबार

इन्डोनेसियामा गयो ६.५ म्याग्निच्युडको भूकम्प, सुनामीको पनि चेतावनी

चैत २७, २०८०
काठमाडौं
इन्डोनेसियामा गयो ६.५ म्याग्निच्युडको भूकम्प, सुनामीको पनि चेतावनी

जकार्ता–इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलवार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ । 

स्थानीय समयअनुसार अपरान्ह १६ बजेर ४८ मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु उत्तरी हलमहेरा रिजेन्सीबाट ८७ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको धक्का देशको अधिकांश भाग र छिमिकी मुलुकसमेतमा महशुस गरिएको जनाइएको छ ।

इन्डोनेसियाको राष्ट्रिय मौसम पूर्वानुमान निकायले भूकम्पपछि तटीय क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी जारी गरेको छ । प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सुनामीबाट बच्न आवश्यक सावधानी अपनाउन निर्देशन जारी गरेको छ ।

प्रान्तीय मौसम विज्ञान एजेन्सीका प्रमुख फेहबी आल्टिङले भूकम्पको कडा धक्का महशुस गरिएको भएपनि अहिलेसम्म कुनै क्षति वा हताहत भएको खबर प्राप्त भएको छैन । 

‘प्यासिफिक रिङ अफ फायर’ भनेर चिनिने इन्डोनेसियामा भूकम्पको निकै जोखिम रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्