×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

कर्णालीमा नयाँ मुख्यमन्त्री–गण्डकीमा विवाद, केन्द्रमा कांग्रेस आक्रामक

काठमाडाैं | चैत २८, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलले नियुक्त भएका छन्।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
००००
गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिका विरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।

Muktinath Bank

मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर गरी आफूलाई मुख्यमन्त्री पदमै निरन्तरताका लागि अन्तरिम आदेशसहितको परमादेश जारी गर्न माग गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलवार सर्वोच्चमा रिट हालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुख कृष्ण धितालको समेत हस्ताक्षरमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको रिटमा दाबी गरिएको छ ।
००००
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ।  दिउँसो बस्ने राष्ट्रियसभा बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ ।


Advertisment
Nabil box
Kumari

उपाध्यक्षका लागि  सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरेले मनोननय दर्ता गराएकी छिन् भने नेपाली कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएकी छिन् ।
००००
इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि बुधबारबाट ती क्षेत्रमा आचारसंहिता लागू हुने भएको छ । उपचुनाव हुने इलाम–२ र बझाङ–१ प्रदेश सभा निर्वाचन क्षेत्रमा आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
००००
इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ ।
कार्यालयले मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेद्वार केशवकुमार चापागाईँले मनोनयन फिर्ता गरेपछि बाँकी रहेका १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको जनाएको छ ।

Vianet communication

यस्तै बझाङको प्रदेशसभा १ (१) को प्रदेशसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।
००००
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । जमलस्थित चेम्बर भवनमा बुधबार भएको ७३ औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हो ।    

अध्यक्ष अग्रवालसहित चेम्बरको कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा चयन भएका छन् । 
००००
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सैनिकको मृत्यु भएको हो । 

चैत २५ गते चार जना सैनिकहरू घाइते भई जिल्ला अस्पताल डोल्पामा उपचारका लागि लगिएकोमा एक जनाको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 

बाँकी तीन जना घाइतेहरुलाई नेपाली सेनाको हवाई साधन मार्फत काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएकोमा दुई जनाको उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जनाएको छ ।
००००
नेपाल प्रहरीमा व्यावसायिक तथा दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न विभिन्न प्रकारका तालिम दिने गरिएको छ । नव नियुक्त भई आउने प्रहरी कर्मचारीलाई आधारभूत तालिम र संगठनमा सेवारत प्रहरी कर्मचारीलाई व्यावसायिक ज्ञान, सीप र कौशल प्रदान गर्न उन्नत तालिमहरू प्रदान हुने गर्छ । 

यस्ता तालिमध्ये कतिपय विदेशमा समेत संचालन हुने गर्दछन् । अधिकांश तालिम संगठनभित्रकै  विभिन्न तालिम प्रदायक युनिटहरूले संचालन गर्दछन् भने कतिपय संगठन बाहिरका संघसंस्थासँग समन्वय गरी तालिम दिलाइने गरिएको छ । चालु आर्थिक वर्ष २०८०–०८१ को साउनदेखि हालसम्मको अवधिमा नेपाल प्रहरीका जम्मा २३ हजार ६७३ जना प्रहरी कर्मचारीहरूले विभिन्न तालिम प्राप्त गरेका छन् ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले राजनीतिक दलका नेतासहित सार्वजनिक पदमा बसेका व्यक्ति र तिनका परिवारका नाममा रहेको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न माग गरेका छन् ।

कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले आयोग गठनको माग गर्दै मंगलवार संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।
००००
राजतन्त्र र सनातन हिन्दू राष्ट्रको पुनस्र्थापना तथा संघीयता खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलवार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर राप्रपाले आन्दोलन थालेको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।

सिंहदरबारमा मंगलबार आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
००००
प्रतिनिधिसभाको मंगलबारको बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित गरिएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर बुधबारसम्मका लागि स्थगित भएको हो । कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।
००००
सहकारीको रकम हिनामिनाको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि नेपाली कांग्रेसले संसदीय छानबिनको अडान कायम राखेपछि सहमति खोज्न बालुवाटारमा बसेको बैठक पनि निष्कर्षविहीन भएको छ । मंगलवार बस्ने प्रतिनिधि सभाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसहितको बैठक राखेका थिए ।
००००
भारतको नैनीतालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीको मृत्यु भएको हो । मृतकमध्ये ६ जना बाँकेका स्थानीय हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x