
प्रेममा मान्छेले जे पनि गर्छन् । तपाई आफैले पनि मान्छेका बारेमा यस्ता घटना सुन्नुभएको होला । तर रमाइलो प्रसंग के छ भने ७० वर्षको घरपालुवा कछुवा आफ्नी प्रेमिका भेट्नका लागि दश किलोमिटर दूरी पार गरेको खबर छ । उसले यो यात्रा २४ घण्टा लगाएर पूरा ग¥यो ।
फ्रेडी नामको कछुवा पछिल्ला केही वर्षदेखि आफ्नो साथीसँग भेट हुन पाएको थिएन, किनकि उसको पार्टनरलाई एक चिडियाघरमा बन्द गरेर राखिएको थियो । फ्रेडीकी मालिक्नी कछुवाको रफ्तार देखेर आश्चर्यमा परेकी छिन् । उनले भनेकी छिन् कि, 'कछुवा एकदमै ढिलो हिँड्छन् तर यो कछुवाले एकैदिनमा दश किलोमिटरको पार गरेको छ ।'
उनले भनेकी छिन्, 'फ्रेडी पछिल्लो पचास वर्षदेखि स्टेशनको घरमा रहँदै आएको छ ।' उक्त कछुवा हराएपछि मालिक्नीले फेसबुकमा पोस्ट गर्दै जनतालाई आफ्नो कछुवा खोज्नका लागि अपिल पनि गरेकी थिइन् । उक्त कछुवा केही दिनपछि फेरि घर फर्केर आएको थियो ।