०१ असार २०८३, सोमबार

सरकारले दियो बिहीबार सार्वजनिक बिदा

चैत २८, २०८०
काठमाडौं
सरकारले दियो बिहीबार सार्वजनिक बिदा

सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद)का दिन सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । 

इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउँदै छन् । केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पत्र गर्छन् ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

salt training

कमेन्ट गर्नुहोस्