०२ असार २०८३, मंगलबार

बिहीवार सार्वजनिक बिदा

चैत २८, २०८०
काठमाडौं
बिहीवार सार्वजनिक बिदा

सरकारले बिहीवार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीवार (भोलि) सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

'मिति २०७९/१२/०२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत २९ गते बिहीवार सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ', मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

इस्लाम धर्मावलम्वीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने दिन हो ।

null

salt training

कमेन्ट गर्नुहोस्