२३ असार २०८३, मंगलबार

मानव अधिकार आयोगकाे कामु सचिवमा खरेललाई गरिएको सिफारिस बदर गर्न माग गर्दै अधिकारी सर्वोच्चमा

चैत २८, २०८०
काठमाडौं
मानव अधिकार आयोगकाे कामु सचिवमा खरेललाई गरिएको सिफारिस बदर गर्न माग गर्दै अधिकारी सर्वोच्चमा
कामु सचिवमा सिफारिस भएका मुरारीप्रसाद खरेल ।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले रोलक्रम मिचेर मुरारीप्रसाद खरेललाई कायममुकायम सचिवमा सिफारिस गरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

अधिकारीका वारिस चुडामणि भण्डारीले बुधवार सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा मानव अधिकार आयोगसँगै नेपाल सरकार, सिफारिस समिति र सचिवमा सिफारिस भएको खरेललाई विपक्षी बनाइएको छ ।

वारिस भण्डारीले ‘उत्प्रेषणयुक्त परमादेश वा अन्य जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ’ भन्दै सर्वोच्चमा निवेदन दिएका छन् ।

खरेलको नियुक्त कानूनीरुपमा त्रुटि भएको हुँदा उत्प्रेषणको आदेशद्धारा बदर गर्न सर्वोच्चसमक्ष आग्रह गरिएको छ ।  

‘विपक्षी राष्ट्रिय मानव अधिकार आयोगको सचिव पदको सिफारिस समितिले आयोगमा सिफारिस गर्दा रोलक्रम तथा योग्यता क्रममा मेरो नाम १ नम्बरमा रहने गरी यज्ञप्रसाद अधिकारी, २ नम्बरमा विपक्षी मुरारीप्रसाद खरेल र ३ नम्बरमा डा टीकाराम पोखरेलको नाम समावेश गरी विपक्षी राष्ट्रिय मानव अधिकार आयोग समक्ष सिफारिस गरेको रहेछ । तर योग्यता क्रममा १ नं. मा सिफारिश भएको म निवेदकलाई सचिवमा सिफारिस नगरी २ नं. मा रहेका प्रत्यर्थी  विपक्षी मध्येका मुरारीप्रसाद खरेलको नाम नेपाल सरकारसमक्ष सिफारिस भएको जानकारी प्राप्त हुन आएको थियो,’ निवेदनमा भनिएको छ, ‘नेपाल सरकारबाट चैत ९ गते भएको निर्णयअनुसार नगरी २५ गतेचैत विपक्षी मुरारीप्रसाद खरेललाई नै सचिव पदको लागि सिफारिस गर्ने कार्य गैरकानूनी तथा वद्नियतपुर्ण छ ।’

यही चैत २५ गते मान अधिकार आयोगले कामु सचिवमा खरेलको नाम सिफारिस गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्