×

NMB BANK
NIC ASIA

मानव अधिकार आयोगकाे कामु सचिवमा खरेललाई गरिएको सिफारिस बदर गर्न माग गर्दै अधिकारी सर्वोच्चमा

काठमाडाैं | चैत २८, २०८०

NTC
कामु सचिवमा सिफारिस भएका मुरारीप्रसाद खरेल ।
Premier Steels

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले रोलक्रम मिचेर मुरारीप्रसाद खरेललाई कायममुकायम सचिवमा सिफारिस गरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

Muktinath Bank

अधिकारीका वारिस चुडामणि भण्डारीले बुधवार सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा मानव अधिकार आयोगसँगै नेपाल सरकार, सिफारिस समिति र सचिवमा सिफारिस भएको खरेललाई विपक्षी बनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वारिस भण्डारीले ‘उत्प्रेषणयुक्त परमादेश वा अन्य जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ’ भन्दै सर्वोच्चमा निवेदन दिएका छन् ।


Advertisment
Nabil box
Kumari

खरेलको नियुक्त कानूनीरुपमा त्रुटि भएको हुँदा उत्प्रेषणको आदेशद्धारा बदर गर्न सर्वोच्चसमक्ष आग्रह गरिएको छ ।  

Vianet communication

‘विपक्षी राष्ट्रिय मानव अधिकार आयोगको सचिव पदको सिफारिस समितिले आयोगमा सिफारिस गर्दा रोलक्रम तथा योग्यता क्रममा मेरो नाम १ नम्बरमा रहने गरी यज्ञप्रसाद अधिकारी, २ नम्बरमा विपक्षी मुरारीप्रसाद खरेल र ३ नम्बरमा डा टीकाराम पोखरेलको नाम समावेश गरी विपक्षी राष्ट्रिय मानव अधिकार आयोग समक्ष सिफारिस गरेको रहेछ । तर योग्यता क्रममा १ नं. मा सिफारिश भएको म निवेदकलाई सचिवमा सिफारिस नगरी २ नं. मा रहेका प्रत्यर्थी  विपक्षी मध्येका मुरारीप्रसाद खरेलको नाम नेपाल सरकारसमक्ष सिफारिस भएको जानकारी प्राप्त हुन आएको थियो,’ निवेदनमा भनिएको छ, ‘नेपाल सरकारबाट चैत ९ गते भएको निर्णयअनुसार नगरी २५ गतेचैत विपक्षी मुरारीप्रसाद खरेललाई नै सचिव पदको लागि सिफारिस गर्ने कार्य गैरकानूनी तथा वद्नियतपुर्ण छ ।’

यही चैत २५ गते मान अधिकार आयोगले कामु सचिवमा खरेलको नाम सिफारिस गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x