२६ जेठ २०८३, मंगलबार

सिनामङ्गलको सुकुम्वासी बस्तीबाट लागुऔषधसहित २ महिला पक्राउ

चैत २८, २०८०
काठमाडौं
सिनामङ्गलको सुकुम्वासी बस्तीबाट लागुऔषधसहित २ महिला पक्राउ

सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन घर भएकी ३५ वर्षीया लक्ष्मी परियार र काठमाडौं महानगरपालिका–९ सिनामङ्गल बस्ने मीना बस्नेत छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार प्रहरीले परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागुऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरेको थियो ।

यसैगरी परियारको साथबाट प्रहरीले ६ हजार तीन सय ५० तथा बस्नेतको साथबाट ४ लाख १० हजार रुपैयाँ नगद बरामद गरेको प्रवक्ता अधिकारीले बताए ।

'पक्राउ परेका परियार र बस्नेतको डेरामा प्रहरीले छापा मार्दा लागुऔषधसहित उक्त नगद बरामद गरिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ', उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्