०९ साउन २०८३, शनिबार

प्रधानमन्त्रीले गरे १६ औँ योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल

चैत २८, २०८०
काठमाडौं
प्रधानमन्त्रीले गरे १६ औँ योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६ औँ योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारमा बुधवार भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले १६ औँ योजना (२०८१/८२–२०८५/८६) का विषयमा शीर्ष राजनीतिक तहमा सुझाव लिएका हुन् । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक दलका नेताहरूबाट प्राप्त सुझावहरूलाई समेटिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १६ औँ योजना तयार गर्नका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताए ।

छलफलमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति डा स्वर्णिम वाग्ले लगायतका नेताहरूको सहभागिता थियो ।

छलफलमा योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले १६ औँ योजनाको तयारीका बारेमा जानकारी गराएका थिए । उनका अनुसार राजनीतिक दलहरूबाट प्राप्त सुझाव समेटेर योजनाको मस्यौँदालाई अन्तिमरूप दिइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्