२३ असार २०८३, मंगलबार

दक्षिण कोरियामा संसदीय निर्वाचनः मतदान जारी

चैत २८, २०८०
काठमाडौं
दक्षिण कोरियामा संसदीय निर्वाचनः मतदान जारी

सियोल– दक्षिण कोरियाको संसदीय चुनावमा मतदान भइरहेको छ । चुनावले दक्षिण कोरियाली विधायिकाले राष्ट्रपति युन सुक योल नयाँ कार्यकालका लागि सक्षम रहने वा नरहने फैसला दिने योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

स्थानीय समयअनुसार बिहान ६ बजेदेखि मतदान शुरू भएको हो । देशभरी १४ हजार २५९ मतदान केन्द्रहरूमा साँझ ६ बजेसम्म  चल्नेछ । तीन करोडभन्दा बढी व्यक्ति मतदान गर्न योग्य छन् ।

राष्ट्रियसभाको ३०० सदस्यका लागि हुने निर्वाचनमा २५४ सदस्यहरू प्रत्यक्ष निर्वाचित हुनेछन भने अन्य ४६ सदस्य समानुपातिक निर्वाचनबाट चयन हुनेछन् ।

प्रारम्भिक मतदानको आधारमा ७० प्रतिशतभन्दा बढी मतदान हुने आँकलन गरिएको छ ।   

यसअघि सन्  २०२० मा सम्पन्न आम निर्वाचनमा ६६।२ प्रतिशत मतदान भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्