१० असार २०८३, बुधबार

मुस्लिम समुदायले आज इद मनाउँदै, देशभर सार्वजनिक बिदा

चैत २९, २०८०
काठमाडौं
मुस्लिम समुदायले आज इद मनाउँदै, देशभर सार्वजनिक बिदा

इस्लाम धर्मावलम्वीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गर्दै आज ‘इदउत्रफित्र’मनाउँदै छन् । मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । 

मुस्लिमहरूले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन् ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।

यस्तै, सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्र(ईद)को अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी आज बिदा दिएको हो । 

सरकारले हरेक वर्षको ईद-उल फित्र(ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्