२० असार २०८३, शनिबार

लिमीका बालबालिकालाई खोप लगाइयो

चैत २९, २०८०
हुम्ला
लिमीका बालबालिकालाई खोप लगाइयो

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन् । 
   
लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो । हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले बताए । 

गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखिमाथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप पनि बुधबार नै लगाइएको जानकारी उनले दिए । लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुई जना स्वास्थ्यकर्मीले  सेवा प्रवाह गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्