१३ असार २०८३, शनिबार

अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्स उत्कृष्ट वितरक घोषित

कात्तिक २०, २०७४
अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्स उत्कृष्ट वितरक घोषित
5
काठमाडौं, २७ असोज - सीजी होल्डिङ्स अन्तर्गको अटोमोटिभ डिभिजन अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई उत्कृष्ट वितरक (एक्सिलेन्ट डिस्ट्रिब्यूटर) उपाधीद्वारा सम्मानित गरिएको छ । अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई दिल्लीमा आयोजित एनुअल सुजुकी डिस्ट्रिब्यूट कन्फरेन्स– अफ्रिका, मिडल ईष्ट एण्ड साउथ एसियामा उक्त उपाधीद्वारा सम्मानित गरिएको हो । सेप्टेम्बर २५ देखि २७ सम्म आयोजित उक्त सम्मेलन मार्फत गत आर्थिक बर्षमा कम्पनीद्वारा गरिएको उत्कृष्ट कार्य प्रदर्शनीका लागि सो सम्मान प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

विक्रि, सेवा तथा पार्ट्स पर्फरमेन्सका लागि सम्मेलनकै सर्वाधिक उपाधी हातपार्न सफल कम्पनीका रुपमा अरुण ईन्टरकण्टिनेन्टलले ८ भिन्न विद्यामा उपाधी हातपारेको थियो । कम्पनीले ‘एक्सिलेन्ट डिस्ट्रिब्यूटर अवार्ड’, ‘हाइयस्ट सेल्स ईन २०१६’,‘हाइयस्ट रिपेयर अर्डर ग्रोथ २०१६’, ‘हाइयस्ट पार्ट सेल्स पर यूआईओ ईन २०१६’, ‘हाइयस्ट सेल्स ग्रोथ ईन २०१६’, ‘हाइयस्ट एक्सेसरिज सेल्स पर भेहिकल ईन २०१६’, ‘हाइयस्ट सर्भिस मार्केट सेयर ईन २०१६’ र ‘च्याम्पियन्स अफ च्याम्पियन्स एवार्ड’ हात पारेको हो । वैश्विक मञ्च मैयी उपाधी पाउँदा निकै गौरवको महशुस भएको बताउँदै समग्र समुह तथा वितरकले गरेको निरन्तर मिहेनतको पहिचान तथा सम्मानका रुपमा यसलाई लिएको सिजी मोटोक्रोप र सिजी नेक्स्ट्गेनका कार्यकारी निर्देशक करण चौधरीले बताए ।

अल्टो, अल्टो के१०, वेगनआर, सिलेरो, स्विफ्ट, ईग्निस, बलेनो, डिजायर, ब्रेजा, एसक्रस, सियाज, ओम्नी भ्यान, ओम्नी कार्गो, र्ईको र सुपर क्यारी लगायत मोडलका साथ नेपाली बजारमै सर्वाधिक फराकिलो पोर्टफोलियो भएको कम्पनीका रुपमा नेपालकै अग्रणी कार विक्रेता भएको कम्पनीको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्