०८ साउन २०८३, शुक्रबार

आयोगले तोक्यो उम्मेदवारको अधिकतम खर्च सीमा

कात्तिक २०, २०७४
आयोगले तोक्यो उम्मेदवारको अधिकतम खर्च सीमा
काठमाडौं, असोज २७ । निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अधिकतम खर्च सीमा तोकेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको अधिकतम खर्च सीमा तोक्ने निर्णय गरेको छ ।

आयोगको निर्णय यसप्रकार छ -



समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा
समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार दूई लाख रुपैंयासम्म खर्च गर्न सक्नेछ र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार रु एक लाख पचास हजार रुपैंयासम्म खर्च गर्न सक्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्