१८ असार २०८३, बिहीबार

संसदीय समितिको निश्कर्ष– अहिलेको मतपेटिका असुरक्षित, धादली रोक्न भोटिङ मशिन !

कात्तिक २०, २०७४
संसदीय समितिको निश्कर्ष– अहिलेको मतपेटिका असुरक्षित, धादली रोक्न भोटिङ मशिन !
काठमाडौं २७ असोज– विक्रम संवत २०७० सालमा भएको संविधानसभा निर्वाचनका क्रममा भएको भनिएको धादली धानविन गर्न गठित संसदीय समितिले संसदको कार्यकाल सकिने दिन प्रतिवेदन बुझाएको छ ।

चुनावमा अपेक्षित नतिजा नआएपछि राज्यले धादली गरेर आफ्नो पार्टीलाई चुनावमा हराइएको भन्दै माओवादी केन्द्रले संविधानसभा नै बहिस्कार गर्ने धम्की दिएपछि संसदीय छानविन समिति गठन गरिएको थियो ।

माओवादीको माग अनुसार दलहरुबीच भएको सहमति अनुसार संसदले तत्कालिन सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णको संयोजकत्वमा संसदीय छानविन समिति गठन गरेको थियो ।

संसदको कार्यकाल सकिने अन्तिम दिन कर्णले शुक्रवार संसदमा आफ्नो प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा चुनावमा धादली रोक्न भोटिङ मशिन प्रयोग गर्न सिफारिश गरिएको छ ।

‘संविधानसभा चुनावमा धादली भयो कि भएन र भविष्यमा निश्पक्ष चुनावका लागि के गर्ने भन्ने सुझाव दिन कार्यादेश दिइएको थियो’ कर्णले लोकान्तरसंग भने, ‘विभिन्न देशको अध्ययन, अनुभव र अभ्यासका आधारमा सुझाव दिएका थियौ ।’ उनले आगामी चुनावमा भोटिङ मशिन प्रयोग गर्न सिफारिश गरिएको बताए ।

अहिलेको मतपेटिका असुरक्षित ?

संसदीय समितिको अध्ययनका क्रममा सरोकारवालाले अहिले प्रयोग भइरहेको प्लास्टिकको मतपेटिका सुरक्षित नरहेको बताएका थिए । अहिलेको प्लास्टिकको मतपेटिका माथिबाट थिच्दा मुख ठूलो हुने खालको रहेको भन्ने गुनासो आएको कर्णले बताए ।

‘चुनावमा धादली हुने कुरालाई धेरैले अहिलेको बक्सा काम नलाग्ने रहेछ, माथिबाट थिच्योभने हात पस्तो रहेछ, उम्मेदवारका प्रतिनिध बिना सुरक्षाकर्मीले व्यारेकमा लग्यो भने भोट साटफेर गर्न मिल्छ भन्ने खालका प्रतिक्रिया र सुझाव आएका थिए’ कर्णले भने ।

यसअघि माओवादीले चुनावका मपपेटिका सेनाले व्यारेकमा लगेर लुकाएको तथा मतपत्र फेरेको आरोप लगाएको थियो । राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनीले पनि सेनाले मतपेटिका लुकाएको आरोप लगाएका थिए । तर कतिपयले भने गत संविधानसभा चुनावमा धादली भएको भन्ने कुरा गलत भएको बताएका कर्णले जानकारी दिए ।

‘निश्पक्ष र धादली रहित निर्वाचनका लागि भोटिङ मेसिन नै उपयुक्त हुन्छ भन्ने निश्कर्ष छ’ कर्णले भने, ‘मतदानका सन्दर्भमा संचारको प्याटर्न सम्बन्धमा विभिन्न पुस्तक हेरेर सुझाव दिएका छौ ।’

समितिले काठमाडौं लगायत देशका विभिन्न भूभागमा अन्तक्रिया गरेर विज्ञहरुको सुझावको आधारमा प्रतिवेदन तयार गरेको हो । समितिले २०७० को चुनावमा धादली नभएको निश्कर्ष निकालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्