०१ साउन २०८३, शुक्रबार
सहकारी ठगी प्रकरण

सुप्रिम सहकारीका बचतकर्ताले प्रदर्शन गर्दै भने - जीबी राई खोइ, भन्‌देऊ न रवि दाइ

बैशाख ४, २०८१
बुटवल
सुप्रिम सहकारीका बचतकर्ताले प्रदर्शन गर्दै भने - जीबी राई खोइ, भन्‌देऊ न रवि दाइ

सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जीबी) राईसहितका व्यक्तिहरूलाई पक्राउ गर्न माग गर्दै सुप्रिम सहकारीका बचतकर्ताहरूले बुटवलमा प्रदर्शन गरेका छन् ।

मंगलवार बुटवलको राजमार्ग चौराहाबाट शुरू भएको प्रदर्शन ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

प्रदर्शनमा सहभागीहरूले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई खोइ ? भन्देऊ न रवि दाइ’, ‘जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री आफ्नो बचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी सहकारी पीडितले सुप्रिमका बचतकर्ताको २ करोड रकम गैरकानूनी हिसाबले गृहमन्त्री लामिछानेको खातामा गएको प्रहरी अनुसन्धानबाट पुष्टि भए पनि अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेका थिए ।

सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले प्रतिपक्षमा हुँदा रवि लामिछानेले आरोप लागेका व्यक्तिमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बोलेको तर अहिले किन तयार नभएको भन्दै प्रश्न उठाए ।

null

अर्का बचत कर्ता कृष्णप्रसाद खरेलले सर्वसाधारण बचतकर्ताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि भए पनि प्रहरीले प्रतिवादी नबनाउनुले निष्पक्ष अनुसन्धान हुनेमा शंका उत्पन्न भएको बताए ।

सुप्रिमका अध्यक्ष जीबी राईसहित एमालेकै अर्का नेता केबी उप्रेती पनि सहकारी ठगीमा संलग्न रहेको सार्वजनिक भएकाले लहरो तान्दा पहरो गर्जिन्छ भनेर सत्ताको आडमा सबैलाई बचाउने खेल भएको हुनसक्ने खरेलले आरोप लगाए ।

अर्का सहकारी पीडित देवीलाल भट्टराईले जीबी राईलाई छिटो पक्राउ नगरे तथ्य प्रमाणहरू नष्ट हुनसक्ने बताए ।

सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले जीबी राई र रवि लामिछानेसहितले प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

null

salt training

कमेन्ट गर्नुहोस्