०६ साउन २०८३, बुधबार

क्यान्सरको निःशुल्क परीक्षण गर्दै काठमाडौं महानगर

बैशाख ४, २०८१
काठमाडौं
क्यान्सरको निःशुल्क परीक्षण गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिका (कामपा)ले भोलि (बुधवार) देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ ।

कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थता)सम्बन्धी निःशुल्क परीक्षण शिविर  सञ्चालन गर्ने भएको हो ।

महानगरपालिकाका शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिनाभरि शिविर सञ्चालन हुने महानगरले जनाएको छ । 

वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नं ३, महाराजगञ्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते, वडा नं २०, भीमसेनस्थानमा १६ गते, वडा नं २१, यंगालमा १७ गते, वडा नं २३, ओमबहालमा १८ गते र वडा नं १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ । 

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नं २, लाजिम्पाटमा २४ गते, वडा नं २४, मखनमा २५ गते, वडा नं २२, टेबहालमा २६ गते, वडा नं १८, नरदेवीमा २७ गते, वडा नं १९, कङ्केश्वरीमा २८ गते, वडा नं ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते  सर्वसाधारणले सेवा लिन पाउनेछन् । 

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्