०५ साउन २०८३, मंगलबार

रविको आक्रोश– जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

बैशाख ४, २०८१
काठमाडौं
रविको आक्रोश– जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक जीबी (गीतेन्द्रबाबु) राईले गरेका बदमासी ठेक्का लिन नसक्ने भन्दै आक्रोश पोखेका छन् ।

राईले ल्याएको लगानीको आम्दानीको स्रोत हेर्ने अधिकारी आफू नभएको स्पष्ट पार्दै उनले सहकारी प्रकरणमा आफू निर्दोष भएको सामाजिक सञ्जालमार्फत् स्पष्ट पारेका छन् । 

‘के अभियोगपत्रमा मैले गैरकानूनी ऋण लिएको भन्ने पुष्टि भएको छ र ?,’ उनले प्रश्न गरेका छन्, ‘अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रालिमा तत्कालीन समयमा शेयरधनी रहेकोबाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टि भएको कतै केही छ ?’ 

लामिछानेले प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध पनि गरेका छन् ।

‘म सहकारी ठगी कार्यमा कहीँकतैबाट नजोडिएको र नदेखिएको प्रमाणसहितको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेले एउटा राष्ट्रिय दैनिकमा लेखिएको समाचारको खण्डन पनि गरेका छन् ।

बुटवलको सुप्रिम सहकारीमा झण्डै १० हजार बचतकर्ताले जम्मा गरेको एक अर्ब ३१ करोड रुपैयाँ हिनामिनामा लामिछानेकै पार्टनर राई मुख्य अभियुक्त रहको ठम्याइसहित प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको छ । 

त्यसमा लामिछानेले समेत उक्त सहकारीबाट गैरकानूनी रुपमा व्यापार कर्जाको नाममा दुई करोड रुपैयाँ झिकेर राईको गोरखा मिडिया नेटवर्कको खातामा जम्मा गरेको प्रमाण भेटिएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिललाई दिएको प्रतिवेदनमा लामिछानेले सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको उल्लेख छ । तर लामिछानेले भने यसलाई अस्वीकार गर्दै आएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्