२८ जेठ २०८३, बिहीबार

‘युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति वेपत्ता’

बैशाख ४, २०८१
काठमाडौं
‘युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति वेपत्ता’

युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘वेपत्ता’ रहेको मङ्गलबार जनाएको छ ।

रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले हराइरहेकाहरूको सही सङ्ख्या गणना गर्न कठिन छ । कुनै पनि पक्षले नियमित रूपमा सैन्य हताहतको तथ्याङ्क औपचारिक रूपमा सार्वजनिक गर्दैन ।

“बालबालिका, सर्वसाधारण र सेनागरी करिब ३७ हजार मानिस बेपत्ता भएका छन् । यो सङ्ख्या अझै धेरै हुन सक्छ,” युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले भने ।  

युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध सुरु भएयता रूसले गैरकानुनी रूपमा हिरासतमा लिएका करिब एक हजार ७०० व्यक्तिको पहिचान गरेको उनले बताए। 

मानव अधिकारवादी समूहहरूले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् ।

युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको सुरुवातदेखि नै रूसी कब्जामा रहेको छ । युद्धले धेरै शहर तथा वरपरका इलाकामा तहसनहस पारेको छ र हजारौंको ज्यान लिइसकेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा रूसको आक्रमणपछि कम्तीमा १० हजार ८१० जनाको मृत्यु भएको उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्